गैँडाकोट । सामाजिक सेवामा कृयाशिल कारितास नेपाल क्षेत्रीय कार्यालय गैँडाकोटले गैँडाकोट स्वास्थ्य चौकी र गैँडाकोट नगर अस्पताल बाट होम आईसोलेसन किट सहयोग गरेको छ ।
बुधवार र विहिवार गरी गैँडाकोट स्वास्थ्य चौकिबाट ९ जनालाई र नगर अस्पतालबाट ७ जनालाई होम आईसोलेसन किट वितरण गरिएको कारितास नेपालका क्षेत्रीय प्रमुुख शंकर कुमार पौडेलले जानकारी दिनुभयो । एन्टीजेन परिक्षणका क्रममा पोजेटिभ रिर्पोट आएका स्थानीयलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।
होम आईसोलेसन किटमा सर्जकल मास्क २ बक्स, डिस्पोजेवल ग्लोब्स १ प्याकेट, एक थान डिजिटल थर्ममिटर, ह्यान्ड वास एकथान, अक्सीमिटर एकथान, सेनिटाईजर २ थान र पारासिटामोलका केहि चक्कीहरु रहेको  कारितास नेपालका रिसिकान्त बस्ताकाेटीले जानकारी दिनुभयाे । होम आईसोलेसन किट सहयाेग कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिईने संस्थाका कार्यक्रम संयाेजक प्रतिक्षा श्रेष्ठले बताउनु भयाे ।

तपाईको प्रतिक्रिया