पर्वत। पर्वतको कुश्मा नगरपालिका ८ मा पर्ने दोबिल्ला खोलाले बगाउँदा एउटा गाडी र गाडीमा सवार ३ जना वेपत्ता भएका छन् । यो घटना राती १२ बजे तिरको हो । गएरातीको भिषण वर्षाले सुन्दरे खोला उर्लिएको थियो । उर्लिएको खोला पार गर्न खोज्दा मध्यपहाडी लोकमार्ग बिस्तारको काम गर्दै आएको लामा कन्ट्रक्सनको गाडीमा चढेको एक इन्जिनियर, चालक र एक सर्वसाधारण लाई गाडी सहित बाढिले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।

बेपत्ता हुनेमा प्रोजेक्ट कोअर्डिनेटर रजाराम आचार्य, चालक इन्न्द्र चौधरी र एक स्थानिय रहेको बताइएको छ । प्रहरीले राती १२ बजेदेखि नै खोजी गरिरहेपनि अवस्था पत्ता लाग्न सकेको छैन । अहिले पनि दोबिल्ला खोला र मोदीखोलामा खोजी भैरहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिनुभयो । थप वितरण आउन बाँकी छ ।

 

तपाईको प्रतिक्रिया