गोविन्द घिमिरे
नवलपुर । पूर्वि नवलपरासीमा असार २५र २६गते भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ ।जिल्ला कोभिड खोप अनुगमन तथा व्यवस्थापन समितिको बैठकले जेष्ठ २५ देखि विभिन्न मितिमा भेरोसिल खोपको पहिलो मात्रा लगाएकाहरुका लागि यहि २५ र २६ गते दोस्रो मात्रा लगाउने निर्णय गरेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)का प्रमुख केशव प्रसाद चापागाईले जानकारी दिनुभयो ।
बैठकले नवलपुर बाहेक अन्य जिल्लाबाट भेरोसिल खोपको पहिलो मात्रा लगाएका चार हप्ता पुगेको अवस्थामा दोस्रो प्राथमिकतामा राखी खोपको उपलव्धता अनुसार लगाईने निर्णय गरेको छ ।स्वास्थ्य कार्यालयका प्रमुख चापागाईका अनुसार जिल्ला भित्र प्रथम चरणमा भेरोसिल खोप लगाएका व्यक्तिहरुलाई खोप कार्डको आधारमा दोस्रो चरणको खोप लगाईने छ ।
स्वास्थ्य कार्यालयले पहिलो चरणमा खोप लगाएकै केन्द्रमा पुुगेर दोस्रो मात्रा लगाउन समेत आग्रह गरेको छ । नवलपरासी (पूर्व) मा पहिलो चरणमा ४ हजार ९६५ जनाले भेरोसेल खोप लगाएका थिए ।