थप ३१०६ जनामा कोरोना संक्रमण , २३ जनाको मृत्यु
काठमाडौं। नेपालमा विगत २४ घण्टामा थप ३ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार ९ हजार २६३ ओटा नमूनाको पीसीआर परीक्षण गर्दा २ हजार २८० र ४ हजार २५६ ओटा नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८२६ जनामा संक्रमण देखिएको हो ।
सो अवधिमा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको छ ।विगत २४ घण्टामा देशभर १ हजार ९१६ जना कोरोना स...