बजेटमा आफ्ना माग समेट्न गण्डकी प्रदेश सरकारलाई पत्रकार महासंघको ध्यानाकर्षण
पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङ्गलाई भेट गरि कोरोना संक्रमित पत्रकारहरुको निशुल्क उपचार र मृतकका परिवारलाई राहत दिन ध्यानाकर्षण गराएको छ ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष नारायण प्रसाद शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मन्त्री गुरुङ्ग संग अब प्रस्तुत हुने बजेट मार्फत् ति कुराहरु संबोधन गर्न आग्रह गरेको हो । महासंघले पत्रकार कल्याणकारि कोषमा सहयोग , महासंघका जिल्ला शाखाहरुको भवन निर्माणका लाग...