सुस्मा न्यौपाने
गैँडाकोट । लकडाउनको समयमा जुवा खेलिरहेका नौजना जुवाडे पूर्वि नवलपरासीको गैँडाकोटबाट शनिवार पक्राउ परेका छन् ।गैँडाकोट नगरपालिका वडा नं. १३ मा रहेका दुईवटा अलग अलग होटलबाट उनिहरु पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का डिएसपी दिलिप कुमार गिरीका अनुसार गैँडाकोट १३ का प्रेम बहादुर भण्डारी र १३ कै धन बहादुर सापकोटाले सञ्चालन गरेको होटलमा जुवा खेलिरहेको अवस्थामा होटल सञ्चालक सहित जुवाडेहरुलाई पक्राउ गरिएको हो ।
उनिहरुको साथबाट एक लाख ३ हजार चारसय रुपैया बरामद गरिएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । जुवाडेहरु माथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरीले जनाएको छ ।
प्रेम बहादुर भण्डारीले सञ्चालन गरेको खाजा घरबाट पक्राउ पर्नेहरु
गैँडाकोट १३ का ४६ वर्षका प्रेम बहादुर भण्डारी
सोहि स्थानका ५२ वर्षका ज्ञानेन्द्र हमाल
सोहि स्थानका वर्ष ४२ का खग बहादुर राना
सोहि स्थानका वर्ष ५१ क यदु प्रसाद सापकोटा
सोहि स्थानका वर्ष ३३ का लोक बहादुर महतो
सोहि स्थानका वर्ष ३५ का भुपाल राना
धन बहादुर सापकोटाले सञ्चालन गरेको होटलबाट पक्राउ पर्नेहरु
गैँडाकोट १३ का ४५वर्षका धन बहादुर सापकोटा
सोहि स्थानका बर्ष ४३ का होमनाथ सापकोटा
सोहि स्थानका बर्ष ५३ का बिष्णु गौतम