काठमाडौं –पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनामा पीसीआर परीक्षणमा गर्दा ३ हजार ४४९ र एन्टिजेन विधिबाट ४ हजार ५६८ जना परीक्षण गर्दा ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँग जम्मा ४ हजार ३४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ हजार ७६८ जना रहेको छ।आज कोरोना संक्रमणबाट ८१ जनाको मृत्यु भएको छ । योसँग कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ८ हजार ९०९ पुगेको छ ।