×

सुस्मा न्यौपाने

गैँडाकोट। गैँडाकोट नगरपालिकाले नयाँ शैक्षिकसत्रको प्रारम्भमै सहजरुपमा पाठ्यपुस्तक उपलव्ध गराउन नगरभित्रका सामूदायिक विद्यालयहरुलाई आग्रह गरेको छ ।
नगरपालिका अन्र्तगत सञ्चालित सामूदायिक विद्यालयहरुलाई विद्यालयहरुले IEMIS २०७७ मा अद्यावधिक गरेको कुल विद्यार्थीसंख्याको आधारमा कक्षागत रुपमा पाठ्यपुस्तक वापतको ७५ प्रतिशतले हुन आउने रकम निकासा गरिसकिएको उल्लेख छ ।
नगरपालिकाका शिक्षा शाखाका अधिकृत मोतिप्रसाद रिजालले जारी गरेको परिपत्रमा विद्यालयहरुलाई उपलव्ध गराइएको रकमले पाठ्यक्रम विकास केन्द्रले विकास गरेको पाठ्यपुस्तक मात्रै खरिद गर्न भनिएको छ । सो बाहेक अन्य पाठ्यपुुस्तक खरिद गरेमा बेरुजु हुने उल्लेख छ ।
विद्यालयहरुलाई उपलव्ध गराइएको रकमले पुस्तक खरिद गर्न नपुगेमा असार १५ गतेभित्र नगरपालिकाको शिक्षा शाखामा सम्र्पक गर्न आग्रह गरिएको छ ।
शिक्षा शाखाले नगरभित्रका सामूदायिक विद्यालयहरुलाई गरेकाे परिपत्र यस्तो छ ।

तपाईको प्रतिक्रिया