Month: June 2021

कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको विरुद्ध सर्वोच्चमा रिट

कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको विरुद्ध सर्वोच्चमा रिट
काठमाण्डौ ।  कालीगण्डकी– तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजना कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नदी डाइभर्सन गरेमा कालीगण्डकी र नारायणी जलाधार क्षेत्रमा ठूलो नकारात्मक असर पर्ने भन्दै अधिवक्ताहरू सन्तोष भण्डारी, रामबहादुर शाही र तुलसीराम पोखरेलले रिट दायर गर्नुभएको हो । रिटको पेसी बिहीवार ९भोलि० का लागि तोकिएको छ । कालीगण्डकी हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र रहेको र परियोजना कार्यान्वयनमा गएमा धार्मिक आस्थामाथि पनि चोट पुग्ने रिटमा उल्ल...

भोलिदेखि भरतपुर–काठमाडौँ उडान सुरु हुँदै

भोलिदेखि भरतपुर–काठमाडौँ उडान सुरु हुँदै
चितवन । बिहीबारदेखि भरतपुर–काठमाडौँ उडान हुने भएको छ । सरकारले आन्तरिक उडान संचालन गर्न दिने निर्णयसंगै चितवनमा पनि उडान हुन लागेको हो । चितवनमा बुद्ध एयरले मात्रै उडान भर्ने भएको छ । केही समयका लागि दिनमा ३ पटक मात्रै उडान हुने बुद्ध एयर भरतपुरका प्रमुख भक्तबहादुर बस्नेतले जानकारी दिए । उनले स्वास्थ्य सम्बन्धि मापदण्डको पूर्ण पालना गर्दै सुरक्षित उडान भर्ने तयारी भइरहेको बताए । उनले भोलि हुने उडानको सबै टिकट बुकिङ भइसकेको जानकारी दिए । कोभिड–१९ का कारण सरकारले निषेधाज्...

विधान संसोधन गर्दै आर्दश नारीको २८ औं बार्षिक साधरणसभा सम्पन्न

विधान संसोधन गर्दै आर्दश नारीको २८ औं बार्षिक साधरणसभा सम्पन्न
सरिता पौडेल चितवन ।संस्थाको विधान संसोधन गर्दै आर्दश नारी विकास केन्द्रले आफ्नो २८ औं बार्षिक साधरण सभा आज सम्पन्न गरेको छ । संस्थाको विधान संसोधन गर्ने अधिकार कार्यसमितीलाई दिएको छ । संस्थाको निति, नियमावली, निर्देशिका र आचरसंहिता निमार्ण तथा परिमार्जन गर्ने अख्तियारी समेत कार्यसमितीलाई दिइएको हो । साधरणसभाले ०७६,०७७ बार्षिक र आर्थिक प्रतिवेदन पास गर्दै ०७७,०७८ को बार्षिक कार्ययोजना पारित गरेको छ । आगामी बर्षका लागि संस्थाले रु.३५ लाख ३२ हजार ३ सय ५८ अनुमानित बजेट पेश गरे...

प्रधानमन्त्री नियुक्ति राष्ट्रपतिको अधिकार हो, यसमा मुद्दा लाग्दैन : वरिष्ठ अधिवक्ता पन्त

प्रधानमन्त्री नियुक्ति राष्ट्रपतिको अधिकार हो, यसमा मुद्दा लाग्दैन : वरिष्ठ अधिवक्ता पन्त
काठमाडौं । वरिष्ठ अधिवक्ता सुशील पन्तले संसदीय शासन पद्धतिमा प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिमा रहेको दावी गर्दै यस विषयमा अदालतमा मुद्दा नलाग्ने जिकिर गरेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानमन्त्री र राष्ट्रपतिको निर्णयको प्रतिरक्षामा बहस गरेका उनले रिट निवेदनमा राष्ट्रपतिलाई विपक्षी पनि नबनाइएको भन्दै राष्ट्रपतिको निर्णय न्यायिक निरुपणको विषय नभएको दावी गरे । ‘संसदीय शासन पद्धतिमा प्रधानमन्त्री नियुक्ति गर्ने एउटा अधिकार राष्ट्रपतिको इन्हेर...

चितवनमा जारी निषेधाज्ञा एक साता थप

चितवनमा जारी निषेधाज्ञा एक साता थप
चितवन – चितवनमा जारी निषेधाज्ञा थप भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जारी निषेधाज्ञा एक साता थप गरेको हो । प्रशासन कार्यालयमा आज बसेको बैठकले जारी निषेधाज्ञा असार २४ गतेसम्म लम्बाउने निर्णय गरेको हो । जारी निषेधाज्ञा भोलि  राति १२ बजे सकिदैछ । निषेधाज्ञा सकिनै लाग्दा जिल्लामा कोरोनाको जोखिम कायमै रहेको भन्दै प्रशासनले एक साता थप गरेको हो ।

भरतपुरकाे ठिमुरामा धान राेपाई (फाेटो फिचर )

भरतपुरकाे ठिमुरामा धान राेपाई (फाेटो फिचर )
भरतपुर ।  मध्य असारमा किसानहरु धान राेपाईमा ब्यस्त छन् । मानाे राेपेर मुरी उब्जाउने असार महिनामा किसानहरु बिहानैदेखि साँझ सम्म खेतमै धान राेपाई गर्नमा ब्यस्त देखिएका छन् ।   भरतपुर महानगरपालिका वडा नं १ ठिमुरा स्थित डा‌. प्रमाेद लामिछानेकाे खेतमा मंगलबार खेत राेपाईकाे विशेष कार्यक्रम सम्पन्न  भएकाे छ । धान राेपाईका केहि तस्विरहरु 

लोक सेवाका परीक्षाहरु १५ साउनदेखि

लोक सेवाका  परीक्षाहरु १५ साउनदेखि
काठमाडौं । लोक सेवा आयोगले कोरोना संक्रमण महामारीका कारण रोकिएका परीक्षाहरु साउन १५ गतेदेखि सन्चालन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले रोकिएका परीक्षाहरु साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणका कारण र आयोगमा पदाधिकारी रिक्त हुँदा खरिदारदेखि सहसचिवसम्मका परीक्षाहरु रोकिएका थिए । आयोगले ११ वटा विज्ञापनमा रोकिएका परीक्षा, अन्तर्वार्ता, नतिजा प्रकाशनलगायतको कार्यतालिका सार्वजनिक गरिसकेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले ज...

एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा बस्दै

एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा बस्दै
काठमाडौं।  पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको नेकपा एमालेले आज बालुवाटारमा दशौं महाधिवेशन आयोजक कमिटीको बैठक राखेको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले पुरानै संरचनाअनुसार पार्टी सञ्चालनको निर्णय गरेको थियो।तर एमालेले पूर्वनिर्धारित महाधिवेशन आयोजक कमिटी बैठकलाई निरन्तरता दिएको छ।आजका लागि बोलाइएको महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले बताए। आज बिहान ११ बजेका लागि उक्त बैठक बोलाइएको छ। साथै एमालेले असार १८ गते केन्द्रीय कम...

पत्रकार महासंघ चितवनले भन्याे : प्रेस स्वतन्त्रता नियन्त्रित गर्ने कार्य अस्वीकार्य

पत्रकार महासंघ चितवनले भन्याे : प्रेस स्वतन्त्रता नियन्त्रित गर्ने कार्य अस्वीकार्य
भरतपुर । असार १० गते पत्रकार कुल प्रसाद काफ्लेमाथी समाचार संकलन गर्ने क्रममा भएकाे अवराेधकाे विषयमा पत्रकार महासंघ चितवनले ढिलाे गरि मुख खोलेकाे छ । नेपाल पत्रकार महासंघ चितवन शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने र नियन्त्रित गर्ने कार्य स्वीकार्य नभएको बताएको छ । महासंघका अध्यक्ष नारायण अधिकारीले मंगलबार एक विज्ञप्ती जारी गरी पत्रकारको सूचनामा सहज पहुँचका लागि उपयुक्त वातावरण बनाउन माग गरेका हुन् । भरतपुर महानगरपालिकाको असार १० गते वीपी कोइराला मेमोरि...