
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २०३ कोरोना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार २४ घण्टाको अवधिमा कोरोनाबाट २०३ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार ६६९ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार शुक्रवार २१ हजार ४७८ जनाको कोरोना परीक्षण गरिएकोमा ८ हजार ४६७ जनामा कोरोना पुष्टि भएको छ भने देशभर सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ पुगेको छ ।यसैगरी शुक्रवार ६ हजार १३५ जना निको भएसँगै हालसम्म ३ लाख २७ हजार ६५३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।