Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

वर्ल्डलिंकका सञ्चालक विजय जलानको कोरोनाका कारण निधन

वर्ल्डलिंकका सञ्चालक विजय जलानको कोरोनाका कारण निधन
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको निधन भएको छ । कोभिड संक्रमित जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार विहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ । ४७ वर्षीय जलान वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सहसंस्थापक पनि हुन् । करिब १५ दिनअघि अस्पताल भर्ना भएका उनको भेन्टेलेटरमा राखेर उपचार भइरहेको थियो । जालन इन्टरनेट सेवाप्रदायक संघ नेपाल ९आईस्पान० का कार्यकारी सदस्य समेत हुन् । वर्ल्ड ल...

कारवाही फिर्ताको निर्णय स्वागतयोग्य छ : सुरेन्द्र पाण्डे

कारवाही फिर्ताको निर्णय स्वागतयोग्य छ :  सुरेन्द्र पाण्डे
काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आफूसहित चार नेतामाथिको निलम्बनको कारवाही फिर्ता लिने निर्णयलाई सकारात्मक भनेका छन् । एमाले स्थायी कमिटीको आज बसेको बैठकले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको  कारवाही फिर्ता लिएको थियो । पाण्डेले भने, ‘कारवाही फिर्ता लिने निर्णय सकारात्मक छ । हामीले त हिजो पनि यो गलत भयो भनेका थियौं । अब अरु विषय पनि सकारात्मक ढंगले अध्यक्ष केपी ओलीले हल गर्नुहु...

माधव नेपालसहित एमालेका चार नेतामाथिको कारवाही फुकुवा

माधव नेपालसहित एमालेका चार नेतामाथिको कारवाही फुकुवा
काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेको छ ।आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको हो । पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको हो ।

नवलपुरमा कोरोना संक्रमितको संख्या हजार नाघ्याे : गैँडाकाेटमा चारसय नजिक

नवलपुरमा कोरोना संक्रमितको संख्या हजार नाघ्याे : गैँडाकाेटमा चारसय नजिक
सुस्मा न्यौपाने नवलपुर । महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या नवलपरासी (पूर्व)मा एकहजार नाघेको छ ।बुधवार साँझसम्म जिल्लामा एक हजार २४ जना सकृय संक्रमित देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ । ८ वटा स्थानीयतह रहेको नवलपुरमा सबैभन्दा बढि कोरोना संक्रमित गैँडाकोट नगरपालिकामा देखिएको कार्यालयका प्रमुख केशव प्रसाद चापागाईले बताउनु भयो । उहाका अनुसार गैँडाकोटमा अहिले ३९४ जना कोभिडका विरामीहरु छन । जसमध्ये अधिकांस हो...

मुख्यमन्त्रीको पहिलो निर्णय: कोभिड कोषमा ४ करोड

मुख्यमन्त्रीको पहिलो निर्णय: कोभिड कोषमा ४ करोड
पाेखरा ।नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार सम्हालेका छन् ।सपथ लगत्तै मुख्यमन्त्रीकाे निवासमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।गण्डकी प्रदेश सरकारले खडा गरेकाे काेभिड काेषमा सरकारकाे तर्फबाट ४ कराेड दिने निर्णय गर्दै उनले पदभार ग्रहण गरेका हुन् ।निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले दिएकाे फाइलमा मुख्यमन्त्री गुरुङले हस्ताक्षर गरेका थिए ।

गुरुङ मुख्यमन्त्री नियुक्त, प्रदेश प्रमुखकै निवासमा सपथ ग्रहण समारोह

गुरुङ मुख्यमन्त्री नियुक्त, प्रदेश प्रमुखकै निवासमा सपथ ग्रहण समारोह
पोखरा ।गण्डकी प्रदेश प्रखु सिता पौडेलेले नेकपा एमालेका संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङलाई प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त गरेकी छन् ।नवनियुक्त मुख्यमन्त्री गुरुङ पद तथा गोपनियताको सपथ खान प्रदेश प्रमुखको निबासमा पुगिसकेका छन् । गण्डकी प्रदेश सभाको नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री पुन बन्ने भएका छन् ।प्रदेश प्रमुख सिता पौडेलले प्रदेश सभाको सबै भन्दा ठुलो दल एमालेलाई अल्पमतको सरकार गठन गर्न आव्हान गरेपछि गुरुङले दोश्रो पट...

दोश्रो पटक मुख्यमन्त्री बन्दै गुरुङ, आजै सपथ ग्रहणको तयारी

दोश्रो पटक मुख्यमन्त्री बन्दै गुरुङ, आजै सपथ ग्रहणको तयारी
पोखरा ।गण्डकी प्रदेश सभाको नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री पुन बन्ने भएका छन् ।प्रदेश प्रमुख सिता पौडेलले प्रदेश सभाको सबै भन्दा ठुलो दल एमालेलाई अल्पमतको सरकार गठन गर्न आव्हान गरेपछि गुरुङले दोश्रो पटक मुख्यमन्त्रीको सपथ खाँदैछन् । उनले आजै सपथ खाने तयारी गरेको श्रोतले जानकारी दियो । बैशाख २६ गते राजीनामा गरेका गुरुङ अहिले काम चलाउ मुख्यमन्त्री छन् ।मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले २६ गते दिउसो ४ बज...

अक्सिजन नपाउँदा बुटवलमा आईसीयूमा पाँच जनाको मृत्यु

अक्सिजन नपाउँदा बुटवलमा आईसीयूमा पाँच जनाको मृत्यु
फाइल तस्वीर बुटवल । रुपन्देहीको बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा अक्सिजन नपाउँदा पाँच जनाको मृत्यु भएको छ । समयमा अक्सिजन आपुर्ति हुन नसक्दा आईसीयूमा उपचाररत ४ जना पुरुष र एक महिलाको मृत्यु भएको अस्पतालमा कार्यरत एक चिकित्सकले जानकारी दिए । मृत्यु हुनेमध्ये ४ जना रुपन्देहीका र १ जना नवलपरासीका हुन् । उनका अनुसार अक्सिजन आपूर्ति गर्ने उद्योगले आधा घण्टा ढिलो अक्सिजन ल्याइदिएका कारण बिरामीको मृत्यु भएको ती चिकित्सकले बताए । उक्त अस्पतालमा आईसीय...

कोरोनाबाट थप १६८ जनाको मृत्यु ९३०५ जनामा संक्रमण

कोरोनाबाट थप १६८ जनाको मृत्यु ९३०५ जनामा  संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।  

चितवनमा आज एकै दिन ११ कोरोना संक्रमितको मृत्यु

चितवनमा आज एकै दिन ११ कोरोना संक्रमितको मृत्यु
भरतपुर । चितवनमा आज एकै दिन विभिन्न अस्पतालहरुमा ११ कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको विगत २४ घण्टाको तथ्यांक अनुसार भरतपुर अस्पतालमा ४, चितवन मेडिकल कलेजमा ४ र कलेज अफ मेडिकल साइन्सेस मा ३ जनाको मृत्यु भएको हो । विगत २४ घण्टामा विभिन्न अस्पतालहरुमा ४२ जना डिस्चार्ज भएका छन् भने आईसीयूमा २४८ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी भेन्टिलेटरमा ४४ जनाको उपचार भइरहेको छ । विभिन्न अस्पतालहरुमा उपचारको लागि ४५५ ...