गैँडाकोटमा थप १८ जनामा कोरोना संक्रमण

गैँडाकोटमा थप १८ जनामा कोरोना संक्रमण
गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा थप १८ जनामा कोरोना संक्रमण भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १,२,४,५,८ र १४ का १८ जनामा कोरोना संक्रमण भएको गैँडाकोट नगरपालिकाका जनस्वास्थ्य अधिकृत झलकराज पौडेलले बताए । भरतपुर अस्पतालमा स्वाब दिएका १० जना, विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा स्वाब दिएका १ जना र गैँडाकोट स्वास्थ्य चौकीमा गरिएको एन्टीजेन परिक्षणमा ७ जनामा कोरोना पोजेटिभ देखिएको उनले बताए । पछिल्लो समय कोरोना संक्रमितको संख्या गैँडाकोटमा बढ्दै गएपछि सर्तकता अपनाउ...

कोरोना बाट थप ३३ जनाको मृत्यु, ५,७२७ जना संक्रमित

कोरोना बाट थप ३३ जनाको मृत्यु, ५,७२७ जना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ ।

नयाँ सरकार बनाउन बहुमत पुगेको छैन: काँग्रेस सभापति देउवा

नयाँ सरकार बनाउन बहुमत पुगेको छैन: काँग्रेस सभापति देउवा
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार बनाउन बहुमत नपुगेको बताएका छन्।कांग्रेसले केपी शर्मा ओली सरकारको विकल्प खोज्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको उल्लेख गरेका देउवाले नयाँ सरकार बनाउन बहुमत भने नपुगेको बताए। उनले जसपासँग कुरा भइरहेको पनि बताए।‘जसपासँग मेरो कुरा भइरहेको छ सबै कुरा अहिले म कहाँ भन्छुरु, तर अहिलेसम्म बहुमत पुगेको छैन। बहुमत पुगेपछि तपाईंहरूलाई बोलाएरै भनौंला,’ बुढानिलकण्ठमा आज आयोजित पत्रकार सम्मेलनमा देउवाले भने। ...

सरकारले भन्यो : अस्पतालमा बेड छैन, संवेदनशील बनाै

सरकारले भन्यो : अस्पतालमा बेड छैन, संवेदनशील बनाै
काठमाडौं । सरकारले स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने अवस्था आएको भएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै उपत्यकाका तीनसहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको बताएको छ । मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा को...

नवलपुरका थप १७ जनामा कोरोना संक्रमण (हेर्नुस वडा र उमेर सहित)

नवलपुरका थप १७ जनामा कोरोना संक्रमण (हेर्नुस वडा र उमेर सहित)
गैँडाकोट । पूर्वि नवलपरासीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । थप भएका १७ जना देवचुली, कावासोती, मध्यविन्दु र विनयीत्रिवेणीका हुन । मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको परिक्षणमा १७ जनामा सक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । थप भएका १७ जना मध्ये देवचुलीका ४, कावासोतीका ८, मध्यविन्दुका ४ र विनयीत्रिवेणीका १ जना रहेका छन ।

पूर्वरानी कोमलकाे स्वास्थ्य गम्भीर, प्लाज्मा थेरापीबाट उपचार थालियो

पूर्वरानी कोमलकाे स्वास्थ्य गम्भीर, प्लाज्मा थेरापीबाट उपचार थालियो
काठमाडौं । कोरोना संक्रमित भएर नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनको प्लाज्मा थेरापीबाट बिहीबार साँझदेखि उपचार थालिएको हो । पूर्वरानी शाहमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो । स्वास्थ्य अवस्था सुधार नभएपछि उनको उपचार प्लाज्मा थेरोपीबाट उपचार गरिएको नर्भिक अस्पतालले जनाएको छ । आज पनि उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ ।अस्पतालमै उपचार...

बाँकेमा एकैदिन ११ सङ्क्रमितको मृत्यु

बाँकेमा एकैदिन ११ सङ्क्रमितको मृत्यु
राँझा । बाँकेका अस्पतालमा भर्ना भएका ११ जना कोरोना सङ्क्रमितको बिहीबार एकै दिन उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष, वडा नं ९ निवासी ४२ वर्षीय पुरुष, वडा नं ५ निवासी ५५ वर्षीय पुरुष, वडा नं ८ निवासी ३३ वर्षीय पुरुष, वडा नं १७ निवासी ६८ वर्षी...

सीईडीबी हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

सीईडीबी हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज  देखि सर्वसाधारणका लागि आईपीओ विक्री गर्दैछ । कम्पनीले रू। २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ विक्री गर्न लागेको हो ।कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सार्वजनिक निष्कासन गर्न लागेको हो । उक्त आईपी...

चितवनमा आजदेखि निषेधाज्ञा सुरु :  बजार बन्द सडक सुनसान 

चितवनमा आजदेखि निषेधाज्ञा सुरु :  बजार बन्द सडक सुनसान 
चितवन – चितवनमा आज शुक्रबार देखि निषेधाज्ञा जारी लागु भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि बैशाख ३१ दिनसम्म निषेधाज्ञा गरेको हो । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै प्रशासनले १५ दिन निषेधाज्ञा गरेको हो । निषेधाज्ञाका कारण चितवनका बजारी क्षेत्र बिहानैबाट सुनसान रहेका छन् । बजारहरु बन्द छन् भने सवारी साधनहरु पनि चलेका छैनन् । खाद्यान्न पसलहरु भने बिहानैबाट खुलेका छन् । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार तरकारी, फलफुल, खाद्यान्न, माछा, मासु, अ...

चितवनको कालिका नगरपालिकाबाट १० जुवाडे पक्राउ (नाम सहित )

चितवनको कालिका नगरपालिकाबाट १० जुवाडे पक्राउ (नाम सहित )
चितवन । चितवनको कालिका नगरपालिकाबाट १० जना जुवाडेहरु पक्राउ परेका छन । कालिका नगरपालिका वडा नं. ८ गैरीबारी स्थित अमर बहादुर खत्रीको घरमा तास खेलिरहेका १० जुवाडेहरु पक्राउ परेको चितवन प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय टाँडी र प्रहरी चौकी खोलेसिमलको संयुक्त टोलिले उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सरोज गिरीले जानकारी दिए । उनिहरुको साथबाट ५१ हजार ३ सय ८५ रुपैयाँ नगद बरामद भएको उनले बताए । पक्राउ परेका सबैलाई ईलाका प्रहरी कार्यालय टाँडीमा राख...