आठ लाख डोज चिनियाँ खोप काठमाडौं आइपुग्यो
काठमाडौं । चीन सरकारले सहुलियतमा उपलब्ध गराएको ८ लाख डोज भेरासेल खोप सोमबार बिहान काठमाडौं आइपुगेको छ । बेइजिङबाट नेपाल वायुसेवा निगमको जहाजमा ल्याइएको खोपको उक्त मात्रालाई चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन् ।
सिनोफार्मले विकास गरेको उक्त भेरासेल खोपलाई प्रयोगमा ल्याउन भने केही दिन लाग्ने जनाइएको छ । सरकारले आपतकालीन प्रयोगको अनुमति दिए पनि विश्व स्वास्थ्य संगठनले अनुमति दिइसकेको छैन । डब्लुएचओको अनुमतिपछि मात्र खोप प्रयोगमा ल...