Month: February 2021

मदन भण्डारी राजमार्गका ३१ पुल शिलान्यास, ४ वटाको उद्घाटन

मदन भण्डारी राजमार्गका ३१ पुल शिलान्यास, ४ वटाको उद्घाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार झापाका विभिन्न खोला र नदीमा निर्माण भएका ४ वटा पुलको उद्घाटन गरेका छन् । उनले मदनभण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि आइतबार नै शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले गृह जिल्ला झापा पुगेर कमल खोला पुल, मावाबेतिनी पुल र रतुवा खोलाका २ वटा पुल उद्घाटन गरेका हुन् । कमलखोला पुल २०७६ फागुन २३ मै निर्माण सकिएर सञ्चालनमा आएको एक वर्षपछि प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । १७० मिटर लामो यो पुल...

प्रधानमन्त्रीको चुनौती : केपी ओलीलाई हटाएर देखाउनुस्

प्रधानमन्त्रीको चुनौती : केपी ओलीलाई हटाएर देखाउनुस्
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै ओलीले संसद पुनर्स्थापना चिन्ताको विषय नभएको बताए । संसद पुनर्स्थापना भएपछि चितवनको सभा छाडेर काठमाडौं आएका नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेको चर्चा गर्दै उ...

प्रधानमन्त्री ओली आज झापा जाँदै

प्रधानमन्त्री ओली आज झापा जाँदै
काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जान लागेका छन्।जहाजबाट झापा जान लागेका ओली आइतबार झापा क्षेत्र नम्बर ५ मा पुगेर पार्कको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओलीले रतुवा खोलामा बनेको पुल उद्घाटन गर्ने पनि कार्यक्रम छ।प्रधानमन्त्री ओली १० बजे भद्रपुर विमानस्थल पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली आज नै काठमाडौं फर्कनेछन्।

साग टिप्दा वडाध्यक्षले पाँच हजार जरिवाना गराएपछि महिलाद्धारा आत्महत्या !

साग टिप्दा वडाध्यक्षले पाँच हजार जरिवाना गराएपछि महिलाद्धारा आत्महत्या !
जनकपुरधाम । खेतमा साग टिपेर गल्ती गरेको निष्कर्ष निकाल्दै समाजको भेलाले जरिवाना तिर्न लगाएपछि धनुषामा एक महिलाले आत्महत्या गरेकी छन् । औरही गाउँपालिका-२ देउरीका रामजीवन यादवकी पत्नी अन्दाजी ३६ वर्षीया विनितादेवीले आत्महत्या गरेकी हुन् । घटना शुक्रवार दिउँसो ३ बजेको हो । प्रहरीले कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमोर्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याएर राखेको छ । उनका श्रीमान् रामजीवन भने वैदेशिक रोजगारका क्रममा खाडी मुलुकमा छन् । श्रीमान् घरमा नभएको बेला समाज...

 मोटरसाईकल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

 मोटरसाईकल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण
नवलपुर । जिल्ला प्रहरी कार्यालय पूर्वि नवलपरासीले जिल्लाका विभन्न स्थानबाट नियन्त्रणमा लिएका दुईवटा मोटरसाईकल आज सम्वन्धित व्यक्तिलाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले लु ३८ प २१२४ नं. को मटरसाईकल वुटवल उपमहानगर पालिका वडा नं. १५ का मन बहादुर थापा र प्र.०२०२१ प ८३१८ को मोटरसाईकल महोत्तरी पोखरभिंण्डा वडा नं. १ संग्रामपुर बस्ने ईन्द्र जित यादवलाई बुझाइएको जानकारी दिनुुभयो । जिल्ला प्रहरी कार्यालयले सवारी चेकजाँचको क्रमम...

नेपाल बाल संगठन चितवनको सभापतिमा पौडेल

नेपाल बाल संगठन चितवनको सभापतिमा पौडेल
चितवन । नेपाल बाल संगठन चितवनको जिल्ला भेला तथा सातौं अधिवेशनले रविकिरण पौडेलको सभापतित्वमा नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनले सर्वसम्मत रुपमा समिति चयन गरेको हो । समितिको सदस्यमा हेमा पौडेल, मुकुन्द प्रसाद विडारी, हरीकृष्ण शर्मा चापागाईं, रामबाबु श्रेष्ठ, गुरुचन्द्र घिमिरे, प्रतिमा सिलवाल र अमृता भट्टराई रहेका छन् । ११ सदस्यीय समितिमा बाँकी दुई जना कार्यसमिति र एक जना केन्द्रीय समितिले मनोनयन गर्ने सभापति पौडेलले जानकारी दिनुभयो । निर्वाचित समितिका पदाधिकारीलाई नेपा...

नारी कल्याण एकल महिला पैरवी मञ्चद्धारा बृद्धबृद्धालाई भोजन

नारी कल्याण एकल महिला पैरवी मञ्चद्धारा बृद्धबृद्धालाई भोजन
गैँडाकोट । स्थापनाको १८ औं वर्षको अवसरमा नारी कल्याण एकल महिला पैरवी मञ्च गैँडाकोटले देवघाटधाममा रहेका बृद्धबृद्धाहरुलाई फलफुल  वितरण गर्नुका साथै  आज विहान भोजन गराएको छ । समाज कल्याण बृद्धाआश्रममा रहेका बृद्धबृद्धाहरुलाई विहानको भोजन गराइएको मञ्चका सचिव रुपा गिरीले जानकारी दिनुुभयो ।कार्यक्रममा मञ्चका कोषाध्यक्ष सुन्तली चौधरी, सदस्यहरु तारा तिवारी, अम्विका नेपाली, बसन्ता कडेल तिवारी, विष्णुमाया श्रेष्ठ लगाएतको उपस्थिति रहेको उहाँले बताउनु भयो । २०६१ साल फागुन १५ गते पूर्व...

भ्रष्टाचार नियन्त्रणमा उत्कृष्ट काम गर्नेछु : प्रमुख आयुक्त राई

भ्रष्टाचार नियन्त्रणमा उत्कृष्ट काम गर्नेछु : प्रमुख आयुक्त राई
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई प्रभावकारी बनाउने बताएका छन् ।घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा प्रमुख आयुक्त राईले नागरिक समाज र जनअपेक्षाअनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्ने बताएका हुन् । नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन र भ्रष्ट्राचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि प्...

नवलपुरमा शनिवार दिनभर बिजुली नआउने

नवलपुरमा शनिवार दिनभर बिजुली नआउने
नवलपुर । पूर्वी नवलपरासीमा शनिवार विधुत्त आपुर्ति बन्द हुने भएको छ । विनयी त्रिवेणी गाउँपालिकाका छिटपुुट स्थान बाहेक जिल्लाभर नै विधुत्त सेवा अवरुद्ध हुने भएको नेपाल विधुत्त प्राधिकरण  कावासोती वितरण केन्द्रले जनाएको छ । विहान ९ वजेदेखि साँझ ५ वजेसम्म कावासोती १३२ के.भि (प्रगतिनगर) सबस्टेशनमा बुटवल ग्रीड महासाखाले Busbar Extension  तथा आईसोलेशन कार्यगर्नुपर्ने भएकाले विधुत्त आपूर्ति बन्द बन्द हुन लागेको केन्द्रले जनाएको छ । मर्मत कार्य अवधिमा प्रगतिनगर सबस्टेशन, कावासोती सब...