×

Month: December 2020

प्रधानमन्त्री कप महिला क्रिकेटमा आज दुई खेल हुँदै

प्रधानमन्त्री कप महिला क्रिकेटमा आज दुई खेल हुँदै
काठमाण्डौ - दाङको लमहीमा भइरहेको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा आज समूह ुबीु का दुई वटा खेल हुँदैछन् ।आजको पहिलो खेल बिहान साढे नौ बजे वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने छ । यस्तै दोश्रो खेल दिउँसो सवा एक बजे गण्डकी प्रदेश र प्रदेश नम्बर १ का बीच हुने छ । प्रदेश नम्बर १ प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनलमा पुगिसकेको छ । हिजोको खेलमा सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले हराएर प्रदेश १ अन्तिम चारमा पुगेको हो ।सुदूरपश्चिमले दिएको ५४ रनको लक्ष्य प्...

यमनमा प्रधानमन्त्री लक्षित आक्रमणमा कम्तीमा २२ जनाकाे मृत्यु

यमनमा प्रधानमन्त्री लक्षित आक्रमणमा कम्तीमा २२ जनाकाे मृत्यु
काठमाण्डौ- यमनको एउटा विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । अरु ५० जनाभन्दा धेरै घाइते भएका छन् । केही समयअघि गठन भएको सरकारका सदस्यहरू चढेको विमान छिमेकी साउदी अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै विस्फोट भएको बीबीसीले जनाएको छ । यमनको दक्षिणी भागमा रहेको एडन सहरको विमानस्थलमा भएको विस्फोटमा सहायतामा जुटेकाहरू र अरु अधिकारीहरू रहेको खबरमा उल्लेख छ । यमनका प्रधानमन्त्री मीन अब्दुल मलिक सइदले आफू र मन्त्रिपरिषद् सदस्यहरू सकुशल रहेको बताउनुभएको बीबीसील...

नवलपुरको देवचुलीका एक युवक बेपत्ता

नवलपुरको देवचुलीका एक युवक बेपत्ता
नवलपुर । देवचुली नगरपालिका वडा नं १० पृथ्वीनगर आफ्नै घरबाट मंगलबार बिहान साहिल पाण्डे नाम गरेका २१ बर्षीय एक युवक बेपत्ता भएका छन् । परिवारले जनाए अनुसार युवक मंगलबार बिहान करिब ११:३० बजे देखि आफ्नै निवासबाट हराएका हुन । बेपत्ता किशाेरकाे अनुहार कालाे बर्णकाे हल्का दार्ही जुँगा पालेकाे र किशाेरले साेमबार देखि नै खैराे रङ्गको सुरूवाल, टिसट, खुट्टामा चप्पल लगाएकाे परिवारले जनाएकाे । भारतमा बस्दै आएका उनी केही दिन अघि मात्र नेपाल आफ्नाे घर आएका थिए । उनलाई हिन्दी र अंग्...

पाैष २७ गते ऋषिङ्गमा म्याराथन प्रतियाेगिता हुने

पाैष २७ गते ऋषिङ्गमा म्याराथन प्रतियाेगिता हुने
तनहुँ ।  ऋषिङ्ग गाउँपालिकाकाे आयोजनामा यही पौष २७ गते प्रथम ऋषिङ्ग म्याराथन दौड प्रतियोगिता हुने भएको छ ।प्राकृतिक ,ऐतिहासिक तथा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको ऋषिङ्ग गाउँपालिकाले पहिलो पटक खेल मार्फत आफ्ना पर्यटकिय स्थलको प्रर्वद्घन गर्न म्याराथन प्रतियोगिता गर्न लागेको गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भएकाे छ । स्वास्थ्य र पर्यटनका लागि खेलकुद भन्ने मुलनाराका साथ यहि पुष २७ गते आयोजना गर्न लागिएको म्यारोथन दौ...

सीताको स्वास्थ्यलाभ कामना गर्दै प्रचण्डलाई प्रधानमन्त्रीको फोन

सीताको स्वास्थ्यलाभ कामना गर्दै प्रचण्डलाई प्रधानमन्त्रीको फोन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनपछि पहिलो पटक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोनमा कुराकानी गरेका छन् । बुधवार साँझ मन्त्रिपरिषद बैठक सकिए लगत्तै ओलीले प्रचण्डलाई टेलिफोन गरेर प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यको बारेमा जानकारी लिएका हुन् । प्रधानमन्त्रीले आफ्नो तर्फबाट स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले  बताए । पार्टी विभाजनपछि दुई नेताबीच संवाद भएको थिएन । यसैबीच प्रधानमन्त्रीको तर्फबाट नेक...

२ नम्बर प्रदेशमा प्रचण्डलाई झड्का – पूर्वमाओवादीका ६ सांसद ओलीतर्फ

२ नम्बर प्रदेशमा प्रचण्डलाई झड्का – पूर्वमाओवादीका ६ सांसद ओलीतर्फ
जनकपुरधाम । २नम्बर प्रदेशमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुलाई ठूलो झड्का लागेको छ । जनयुद्धकाल देखि नै प्रचण्डको साथमा रहेका पूर्व माओवादीका तर्फबाट सांसद भएका ६ जना प्रदेश सांसदहरु नेकपाको केपी शर्मा ओली पक्षमा लागेका छन् । धनुषाको निर्वाचन क्षेत्र नम्बर १ ९ख०बाट साविकमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका प्रदेश सांसद रामचन्द्र मण्डलसहित कून ६ जना प्रचण्ड पक्षधर नेताहरु ओलीतर्फ लागेका छन् । सांसद मण्डल प्रदेश सभामा प्राकृतिक श्रोत तथा वातावरण समितिका सभापति ...

डेढ करोडको लगानीमा चितवनमा “द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकन ” स‌ंचालनमा

डेढ करोडको लगानीमा चितवनमा “द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकन ” स‌ंचालनमा
भरतपुर । चितवनको भरतपुरमा “द बर्गर हाउस एण्ड क्रन्ची  फ्राईड चिकन ” सञ्चालनमा आएको छ । काठमाण्डौं उपत्यका सहित देशका प्रमुख शहरमा लामो समयदेखि आफ्नो गुणस्तरलाई कायम राख्दै लोकप्रीय ब्राण्ड बन्न सफल द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकनले भरतपुरको दिपेन्द्रचोकमा ५० औ शाखाको रुपमा आफ्नो सेवा शुभारम्भ गरेको हो । भरतपुर महानगरपालिका वडा नं. १० का स्थानीय युवा सुमित दवाडीले डेढ करोडको लगानीमा सो फेम्ली रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन । गतवर्ष कार्तिक महिनाबाट रेष्टुरेन्टको निर्...

नवलपरासी प्रहरीद्धारा २ लाख ७५ हजार मूल्य बराबरको अवैध मालसामान बरामद

नवलपरासी प्रहरीद्धारा २ लाख ७५ हजार मूल्य बराबरको अवैध मालसामान बरामद
गैँडाकोट । नवलपरासी (पश्चिम) प्रहरीले २ लाख ७५ हजार ३ सय मुल्य बराबरको अवैध मालसामान जिल्लाको बिभिन्न स्थानबाट बरामद गरेको छ । नेपाल तर्फ अवैध रुपमा ल्याउँदै गरेको २३ हजार ३ सय मुल्य बराबरको लेडिज कुर्ता, कटनको पटुकी , चिनी, बिजुलीको चिम लगायतका बिभिन्न मालसामान र नेपालबाट अवैध रुपमा भारत तर्फ लैजादै गरेको अन्दाजी २८ हजार मुल्य बराबरको ३५० केजी सेतो मटर जिल्लाको सरावल गाउँपालिका वडा नं. ७ शंकरपुरबाट बरामद गरिएको नवलपरासी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी र...

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत अवस्थामा भेटियो

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत अवस्थामा भेटियो
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा फेरि गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको कोर ईलाका अन्द्रौलीघाट क्षेत्रमा २५ देखि ३० बर्षको भाले गैडाँ मृत अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । निकुञ्जका अनुसार सो गैँडा उमेर पुगी कालगतिले मरेको आँकलन गरिएको छ । गैँडाको खाग र खुर सुरक्षित रहेको र मृत गैडाको नियमानुसार पोष्ट मार्टमका लागि आवश्यक नमूना परिक्षणका लागि भेटेरेनरी शाखा पठाईएको निकुञ्जले जनाएको छ । यस आर्थिक वर्षम...