
चितवन । भरतपुर महानगरपालिका वडा नं.९ मा अवस्थित शरदपुर माध्यामिक विद्यालयको विहिवार बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले निरीक्षण गर्नुभएको छ ।
विद्यालयको भवन निर्माणको काम तिव्ररुपमा अगाडी बढेको भन्दै मन्त्री दुलालले सो अवसरमा खुसी व्यक्त गर्नुभयो । भवन निर्माणका लागि मन्त्रालयबाट ५० लखा तथा आर्थिक वर्ष २०७६,७७ मा भरतपुर महानगरपालिकाबाट ३० लाख बजेट विनियोजन गरिएको थियो ।
वि.स. २०३१ सालमा निर्माण भएको विद्यालयमा कोठाको अभाव भएपछि धनधान्यान्चल आयोजना गरी २०७४ सालमा ९ कोठा थप गरिएको थियो ।
इन्जिनियरिगं र अमिन विषयको समेत पढाई सुरु गरिएपछि थप कक्षाकोठाको आवश्यकता परेकोले प्रदेश सरकार र महानगर सँगको सहयोगमा १० कोठे भवन निर्माण सुरु गरिएको विद्यनलय व्यवस्थापन समितिका अध्यक्ष धर्मबहादुर कार्कीले बताउनु भयो ।
युवा समाजसेवी कार्की विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएदेखि नै विद्यालयलाई गुणस्तरीय बनाउन लागि पर्नुभएको छ ।