Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटबाट जुवा (पासा) खेल्ने ११ जना जुवाडे नगद सहित  आज विहान पक्राउ परेका छन । गैँडाकोट नगरपालिका वडा नं. ८ स्थित छविलाल सुबेदीको घरमा पासा खेलिरहेका उनिहरुलाई गैडाकोट प्रहरीले पक्राउ गरेको हो । जुवाको खालबाट १ लाख २४ हजार ४ सय ९५ रुपैया समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पूर्वि नवलपरासीका प्रहरी निरिक्षक सागर पन्तले जानकारी दिए ।

पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका वडा नं. ८ का ५० वर्षका छविलाल सुवेदी , ५३ वर्षका हरि प्रसाद शर्मा ५८ वर्षका ढाकाराम भूसाल बर्ष ४० का भिमलाल बल , बर्ष ५१ का कृष्ण दवाडी रहेका छन। त्यसैगरी गैडाकोट ४ का बर्ष ६३ का नन्द केशब शर्मा , बर्ष ४० का मुक्तीनाथ सिग्देल, बर्ष ३९ का रत्न बहादुर सुनार.बर्ष २५का शरोज गयाजु, बर्ष ३४ का झलक बहादुर राना त्यसैगरी वडा नं. ८ कै वर्ष ३० का सुरज गुरुङ पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सवै ११ जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको छ । उनिहरु सबैलाई ईलाका प्रहरी कार्यालय गैँडाकोटमा राखिएको छ।

 

तपाईको प्रतिक्रिया