चितवन राष्ट्रिय निकुञ्जमा बृद्ध गैंडा मृत फेला
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मर्ने र मारिने क्रम रोकिएको छैन । सोमबार एउटा बृद्ध गैंडा मृत फेला परेको छ । निकुञ्जको भित्री कोर ईलाका रिउ र राप्ती नदीको दोभानको दक्षिण किनारामा ३४÷३५ वर्षको भाले गैंडा मृत फेला परेको हो ।
सो गैंडा बुढो भएर कालगतिले मरेको आँकलन गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताउनुभयो । उक्त गैंडा निकुञ्जको बाघमारा पोष्ट र गोलाघाट क्षेत्रमा नियमित रुपमा देखिने गरेको र नियमित रेखदेखमा नै रहेको अधिकारीले बताउनु भयो । गैंडाको खाग ...