कोरोना संक्रमणबारे समयमै समाचार लेख्न पत्रकारहरुलाई सकस
नवलपुर । कोरोना भाईरस (कोभिड १९) बारे समाचार संकलनका क्रममा नवलपुरमा पत्रकारहरुले सास्ती खेप्नु परेको छ । जिल्लामा कति संक्रमित भए कति निको भए भन्ने सही तथ्याकं सही समयमा उपलव्ध हुन नसक्दा संक्रमितको तथ्याकंमा समेत घटबढ हुने देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पूर्वि नवलपरासीले पत्रकारहरुका लागी ग्रुप च्याटमा संक्रमित र मृत्यु भएकाहरुको सूचना दिने गरेपनि त्यो पर्याप्त हुन सकेको छैन ।
कार्यालयका प्रमुख केशव चापागाँईले पत्रकारहरुलाई थप भएका संक्रमित र मृत्युु भएकाहरुको बा...