गैँडाकोटमा सुन पसल चोरी गर्ने ६जना जेल चलान
गैँडाकोट । गैँडाकोटको मोनिका सुनचाँदी पसलमा चोरी गरेको आरोपमा पक्राउ परेका छ जना पुर्पक्षका लागि कारागार चलान भएका छन । पूर्वि नवलपरासीको गैँडाकोट नगरापालिका–४ स्थित सुनचाँदी पसलमा चोरी गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । गैँडाकोट नगरपालिका–४ मा रहेको मोनिका सुनचाँदी पसलबाट ६९ तोला ५ लाल सुन , एक किलो चाँदीका तयारी गरगहना र सात लाख रुपैयाँ नगद चोरी गरेको भन्ने जाहेरीका आधारमा पक्राउ परेका उनीहरुलाई पुर्...