गुल्मी जिल्लाको साविक अर्लाङंकोट गाँउविकास समिति वडा नं.६ (हाल मुुसिकोट नगरपालिका वडा नं. ९) मा बुवा स्वर्गीय केशवराज खरेल र स्वर्गीय माता कालिका देवी खरेलको कोखबाट वि.स. २०५५ साउन १२ गते जन्मेका कलिला सुमन अहिले नेपाल सरकारको नायव सुब्बा सरहको सेवामा छन । ३ जना दिदिहरु जन्मेपछि चौथो सन्तानको रुपमा जन्मेका सुमन परिवारका एकमात्र छोरा हुन । सुमनका तीनजना दिदिहरु र एकजना बहिनि छन । तीन वर्षको कलिलो उमेरमै पीता गुमाएका सुमनको आँखामा बुुवाको धमिलो चित्र बाहेक केहि पनि छैन ।पछिल्लो समय युवापुस्ता वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जाने क्रम बढ्दै गएको सन्दर्भमा उज्यालो सहकर्मी गाेविन्द घिमिरेले सानो उमेरमै लोकसेवाको परिक्षामा सहभागी भै निजामती सेवामा प्रवेश गरेका सुमनसँग उनको संर्घष र जिवनीलाई उतार्ने प्रयास गरेका छन।
पारिवारिक पृष्ठभूमि :
पीता केशवराज खरेल र माता कालिका देवी खरेलका सन्तान मध्ये काईला सन्तान हुन सुमन खरेल । तीनजना दिदिहरुको जन्म भएपछि चौथो सन्तानको रुपमा सुमन जन्मे पछि फेरी एकजना बैनीको जन्म भएपछि सुमनका तीनजना दिदि र एकजना बैनी भए । पीता केशवराज खरेल गाँउकै शिक्षक थिए । त्रिभूूवन माध्यामिक विद्यालयमा अध्यापन गराउँदा बखत नै केशवराजको निधन भयो । केशवराजको निधन भएको १० वर्षपछि माता कालिका देवीको पनि निधन हुुनपुुग्यो । केशवराजका २ श्रीमति मध्ये कान्छी श्रीमतिको निधन भएपछि सुमन सहित अन्य दिविवहिनीहरुको रेखदेख जेठीआमा बेणुकुमारीले गरिन । केशवराज सरकारी जागिरे भएकोले बेणुकुमारीलाई अहिले पनि पेन्सन प्राप्त भैरहेको छ । मध्यम वर्गिय परिवारमा जन्मेका सुुमनका तीनजना दिदिहरु विहेपश्चात आ आफ्नै घरमा छन भने कान्छी बहिनी स्नातक तहमा अध्ययन गर्दैछिन उनको विहेको लगन आजसम्म जुरेको छैन सुमनका अनुसार अध्ययन नसकिएको र उमेर पनि सानै भएकोले बैनीको विहेतर्फ सोचिएको छैन ।
अध्ययन :
सुमनले गाउँकै न्यूसाईन स्टार ई.बोडिङ्ग स्कुलमा माध्यामिक तहसम्मको अध्ययन गरेका हुन । बोडिङ्ग स्कुलमा बुवाको समेत केहि लगानी र शिक्षण पेशामा आवद्ध भएका कारण खर्च समेत धान्न सक्ने भएपछि छोराछोरीको भविष्यको ख्याल गर्दै बुवाले सुमन सहित अन्य तीनजना दिदिहरुलाई बोडिङ्ग मै पढाएका थिए । बैनी स्कुल जाने उमेरको नभएकोले केशवराज खरेलको निधनाको वेला चाहिँ तीनजना मात्रै न्यूसाईन स्टार इ.बोडिङ स्कुलमा पढ्दै थिए । अचानक श्रीमानको निधन भएपश्चात सुमनकी आमाले तीनवटी छोरीलाई सरकारी स्कुलमा र सुमनलाई चाहिँ सोही बोडिङ मा निरन्तर पढाउने निधो गरिन, छोरीलाई भन्दा छोराहरुलाई बोडिङ्ग पढाउने त्यो बेलाको चलन जस्तै थियो । यसप्रकार सुमनले लगातार कक्षा १० सम्म निजि स्कुुलमै पढ्ने मौका पाए, अहिलेपनि शिक्षाको गुणस्तर सरकारीमा भन्दा अधिकासं निजिमै राम्रो छ । वि.स. २०७० सालमा सोही विद्यालयबाट ६५.२५ प्रतिशत अंक सहित एसएलसी उतिर्ण गरेका सुुमन कक्षा ११ र १२ पढ्नका लागी जनजागृति उच्च मावि बाग्लुङ पुुगे । मानविकि संकायमा उनले २०७३ सालमा प्रथम श्रेणीमा कक्षा ११ र १२ पुरा गरे ।
खेलप्रतिको चाहना :
कक्षा ११ र १२ को परिक्षा दिएर बसेका सुमनमा क्रिकेट खेल प्रति सानैदेखि रुची थियो र भविष्यमा राष्टियस्तरको क्रिकेट खेलाडी बन्ने सपना देखेको सुुमन बताउँछन । १२ कक्षाको परिक्षा दिएपछि फुुर्सदिला बनेका सुुमन गाउँबाटै गाडी चढेर क्रिकेट खेल्न सिक्न बुटवल झरे । क्रिकेटमा ख्याती कमाएका शक्ति गौचनले भैरहवामा स्थापना गरेको स्टार क्रिकेट एकेडमीमा तालिम लिनका लागी भर्ना भए । तीन महिना क्रिकेट खेलेपछि रिजल्ट आउने बखत गाउँ गएका सुमनको मनमा जिन्दगी यसरी त वित्दैन कि जस्तो लाग्यो । असाधरण रुची भएपनि तत्काल आर्थिक हिसावले खेलमा लागेर प्रगती नहुने सोचाईले उनको मनस्थिति नै चेन्ज गरिदियो । गाउँमा पुुगेका सुमन फेरी भैरहवामा आएर तालिममै सहभागी भै खेललाई रोज्ने निधो गरेनन्, यहि विन्दुबाट नै उनको खेलप्रतिको चाहनामा पूर्णविराम लाग्यो ।
सरकारी सेवाप्रतिको रुची र प्रवेश:
कक्षा ११ र १२ कक्षाको अध्ययन पुरा गरेपछि सुमन उच्च शिक्षा अध्ययनका लागि बुटवल झरे , पश्चिमका गुल्मी, पाल्पा अर्घाखाँची लगायतका पहाडी जिल्लाबाट अधिकासं युवाहरु अध्ययनका लागी वुुटवल आउने गर्छन । २०७३ सालमा स्नातह तह अध्ययनका लागि बुुटवल बहुमुुखी क्याम्पसमा भर्ना भएका सुमनले कलेज भर्ना भएदेखि नै लोकसेवाप्रति रुची राखेका थिए । गाउँकै एकजना दाईले लोकसेवा पढेर सरकारी सेवा प्रवेश गर्न सकिए राम्रो हुने सुुझाएको सम्झदै सुुमनले बुुटवलमै लोकसेवाको तयारी कक्षा पढे । दिदिको घरमा बसेर लोकसेवा पढ्दै गरेका सुमनले वुुटवलबाटै लोकसेवाको परिक्षा दिए, तर परिक्षाको अघिल्लो दिन साईकल सिक्ने क्रममा लढेर हात भाँचिएपछि परिक्षा राम्रो हुन नसकेको सुमन बताउँछन । रुपन्देहीमा पढेर सफल नभएपछि साथीहरुको कुरा सुनेर लोकसेवा पढ्नकै लागि सुमन २०७४ साल कार्तिक महिनामा काठमाण्डौ पुगे । काठमाडौंमा ८ महिनामात्रै बसेर फेरी उनि वुुटवल आए । युवा अवस्थामा एकैठाउमा स्थिर भएर बस्न नसक्नुु सबैको समस्या नै हो । बुटवल पर्केपछि सुमन एक्लै कोठा लिएर लोकसेवाको अध्ययन गर्न लागे एक्लै लोकसेवाको तयारी गर्दा खाने र सुत्नेको ठेगान नभएको उनि सम्झन्छन, । कलेज भर्ना भएर परिक्षा दिन मात्रै उनि कलेज पुगे लोकसेवाको तयारीका कारण कहिलेकता कहिलेकता हुनाले कलेज गएको सम्झना उनलाई छैन । लोकसेवाको परिक्षा दिन र फारम भर्न सुमन कहिले काठमाडौं, कहिले विरगंज त कहिले दाङ पुुगेका थिए । पटक पटकको परिक्षामा असफल भएका उनले जाँच दिन हरेस खाएनन नियमित जसो लोकसेवाको स्वअध्ययन गरेका उनले २०७६ श्रावण ,भाद्र महिनामा लोक सेवा आयोगले लिएको स्थानीय तहको परिक्षामा सहायक पाचौँ तहमा (सुुव्वा सरह) नाम निकाले । लोक सेवाको परिक्षा दिएर गाउँमै रहेका उनलाई साथीहरुले लोकसेवामा नाम निक्लेको खबर सुनाए, लगातार फोनको घण्टी बजेपनि उनलाई पत्यार लागेन ।पछि आफैले ईन्टरनेटको माध्यमबाट नाम पहिचान गरेपछि बल्ल नाम निक्लेको पत्तो भयो । पटकपटकको मेहनतका कारण लोकसेवामा नाम निक्लेपछि सुुमनका आँखा रसाए, दिवंगत पीता र मातालाई सम्झे । उनले बुुवा आमाको निधनपछि पुरापुरा कर्म दिएकी जेठीआमा प्रति कृतज्ञ भए । जेठीआमाले राम्रो सँग रेखदेख नगरेको भए यहाँसम्म आउन सम्भव नभएको सम्झे । लोकसेवा आयोगले दिएको नियुुक्तिको पत्र लिएर २०७६ साल पुुष ३ गते गैँडाकोट नगरपालिका आएका उनलाई नगरपालिका कार्यालयले वडा नम्बर ८ को वडासचिवको जिम्मा दिएको छ । सुमन गैँडाकोट नगरपालिकाकै कान्छा वडा सचिव हुन । जागरिकै क्रममा सुमनले वुटवल बहुमुखी क्याम्पसबाट स्नातक तह उतिर्ण गरेका छन ।
सम्बन्ध गाँस्ने योजना :
हाल गैँडाकोट नगरपािलका वडा नं. ८ का सचिव सुमन खरेल अहिलेनै सम्वन्ध गाँस्ने योजनामा चाँहि छैनन । विहान उठ्छन खाना पकाउँछन खाना खाएर कार्यालय जान्छन ।दिनभरीको काम पश्चात कार्यालयबाट फर्केपछि कहिलेकाँहि त दिक्दार लागेर एक्लै बस्नुपर्दा कताकता नैराश्यता लागेपनि मनमा जिवनसाथी बनाइहाल्ने योजना नरहेको बताए । समय बाँकिनै छ, विहे त एकदिन गरौला कान्छा वडासचिव सुमनले मुस्कुराउँदै भने ।
अन्त्यमा ,
सुमनको सपना र सुझाव :
२२ वर्षे वडा सचिव सुमनको सपना निजामती सेवामै अगाडी बढ्ने छ । हामिसँगको अन्तरंगमा सुमनले लोकसेवाको अध्ययनलाई जारी राख्दै परराष्ट्र समुुहतर्फ अगाडी बढ्ने लक्ष्य रहेको सुनाए । भने जस्तो सजिलो त छैन उनले अगाडी भने मेरो मन चाहि परराष्ट समुुहमा छिर्ने रहेको छ । सम्भावनाहरु खोज्दै गए अवसरहरु प्राप्त भएरै छोड्नेमा विश्वास गर्ने सुमनले संर्घषलाई जारी राख्न युवापुस्तालाई सुझाव दिन्छन ।