Month: September 2020

विनयी त्रिवेणीका युवा लागुुऔषध सहित कावासोतीमा पक्राउ

विनयी त्रिवेणीका युवा लागुुऔषध सहित कावासोतीमा पक्राउ
गैँडाकोट । जिल्ला प्रहरी कार्यालय पूर्वि नवलपरासीले लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विनयी त्रिवेणी गाँउपालिका वडा नं. ५ का १९ वर्षका अमित झेडी रहेका छन । झेडीको साथ बाट डाईजापाम ५ एम्पुल, नुफिन ४ एम्पुल, फेनरगन २ एम्पुल, नाईट्राभेट १० लेखेको ४३ ट्याब्लेट, स्पाष्मो प्रोक्सिभोन ८ क्याप्सुल र वनरेक्स लेखेको एउटा वोतल फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मोहन बहादुर खाँडले बताउनुभयो । कावासोती न.पा. वडा नं. १६ तिनघरे चोक स्थित पुर्व पश्चिम राजमार...

आयोगहरुमा तत्काल प्रमुख एवंम् पदाधिकारी नियुक्त गर्न राष्ट्रिय सरोकार तथा समन्वय समितिद्धारा सरकारलाई निर्देशन

आयोगहरुमा तत्काल प्रमुख एवंम् पदाधिकारी नियुक्त गर्न राष्ट्रिय सरोकार तथा समन्वय समितिद्धारा सरकारलाई निर्देशन
काठमाण्डौ । राष्ट्रिय सरोकार तथा समन्वय समितिले विभिन्न आयोगहरुमा प्रमुख एवंम् पदाधिकारी नियुक्त गर्न सरकारलाई निर्देशन दिएको छ । नेपालको संविधानको भाग २७ मा रहेका अन्य आयोग अन्र्तगत ७ वटा आयोगहरुमा संविधान जारी भएको लामो समय वितिसक्दा समेत प्रमुख एवं पदाधिकारी नियुक्त नभएको भन्दै चिन्ता ब्यक्त गरेको छ । समितिका सभापति दिलकुमारी रावल ‍(पार्वती ) को अध्यक्षतामा बसेको समितिको बैठकले संविधानको भावना र मर्म अनुसार अयोगहरुले कार्यसम्पादन गर्न नसकेको भन्दै तत्काल रिक्त स्थानमा निय...

१५५९ जनामा कोरोना पुष्टि

१५५९  जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा १५५९ थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७७ हजार ८१७ पुगेको छ। यस अवधिमा १ हजार ५७ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म देशभर ५६ हजार ४२८ जना कोरोनाबाट निको भएको मन्त्रालयले जनाएको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै पछिल्लो २४ घण...

सहमतिद्धारा अस्पताल वेड सहित स्वास्थ्य सामाग्री सहयोग

सहमतिद्धारा अस्पताल वेड सहित स्वास्थ्य सामाग्री सहयोग
असोज १४ । लुथरन वल्र्ड रिलिफको सहयोगमा सहमति गैंडाकोटले नवलपुर जिल्लाको एक मात्रै अस्थायी कोभिड १९ अस्पताल रजहर प्राकृतिक चिकित्सालयको इमरजेन्सी कक्षका लागि आधुनिक ७ वटा अस्पताल वेड सहित २ लाख ४१ हजार ३९४ रुपैया वरावरको स्वास्थ्य सामाग्री सहयोग गरेको सहमतिका अध्यक्ष करुणसागर सुवेदीले जानकारी दिनुभयो । लुथरनको साझेदारीमा संचालित कोभिड १९ प्रतिकार्य तथा जिविकोपार्जन सहयोग परियोजना अन्तर्गत ७ थान अस्पताल बेड, ६ थान अक्सिजन सहितको सिलिण्डर र ६ थान अक्सिजन कनेक्सन सेट प्रमुख अतिथ...

सरकारको विरोधमा देशव्यापी प्रदर्शन गर्ने कांग्रेसको तयारी

सरकारको विरोधमा देशव्यापी प्रदर्शन गर्ने कांग्रेसको तयारी
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरूद्ध देशव्यापी आन्दोलन गर्ने तयारी गरेको छ।आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकार भ्रष्टाचार तथा अनियमिततामा मुछिएको र कोरोनाभाइरस नियन्त्रण तथा रोकथाममा चुकेको भन्दै देशव्यापी विरोध गर्ने निर्णय गरेको हो। असोज १९ गते बस्ने कांग्रेस केन्द्रीय समिति बैठकमा सरकारविरूद्ध देशव्यापी विरोधबारे छलफल गरी ठोस कार्यक्रम तय गरिने पनि कांग्रेसले जनाएको छ। ‘कोरोना नियन्त्रण तथा रोकथाममा ...

अयोध्याधामका लागि माडी नगरपालिकाले छुट्यायो १०० बिघा जग्गा

अयोध्याधामका लागि माडी नगरपालिकाले छुट्यायो १०० बिघा जग्गा
भरतपुर।  चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ। मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो। नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं ८ र ९ सिमानामा अयोध्यापुरीधाम निर्माणका लागि हालको अयोध्यापुरी उद्यानको १०० बिघा जग्गा छुट्याइएको बताए। ‘सो जग्गामा प्राविधिक अथवा अन्य कारणले समस्या भए वडा नं ८ को दक्षिण अयोध्यापुरीमा पनि करिब ५० बिघा जग्गा प्रयोगमा ल्याउन सकिन्छ‘ उनले भने। यस्तै वडा न...

गैँडाकोट नगरपालिका भित्रका ५ वटा सरकारी विद्यालयमा पढाई सुरु

गैँडाकोट नगरपालिका भित्रका ५ वटा सरकारी विद्यालयमा पढाई सुरु
गैँडाकोट । कोरोना भाईरसका कारण लामो समयदेखि बन्द रहेका पूर्वि नवलपरासीका केहि सरकारी विद्यालयहरु क्रमशः सञ्चालन हुन थालेका छन । जिल्लाको गैँडाकोट नगरपालिका अन्र्तगत रहेका विभिन्न ५ वटा सरकारी विद्यालयहरु सञ्चालनमा आएका छन । उज्यालोलाई प्राप्त खबर अनुसार गैँडाकोट नगरपालिका वडा नं. ३ मा रहेका जनजागृती आधारभुत विद्यालय, जनता आधारभुत विद्यालय र वडा नं. १८ मा रहेका विरेन्द्र आधारभुत विद्यालय,मंगलादेवी आधारभुत विद्यालय र त्रिशुली प्रा.वि सञ्चालनमा आएका हुन । बजार क्षेत्र भन्दा टा...

ब्रोइलर कुखराका चल्लालाई रङ्ग लगाएर ‘लोकल’ भन्दै बिक्री गर्ने गिरोह पक्राउ

ब्रोइलर कुखराका चल्लालाई रङ्ग लगाएर ‘लोकल’ भन्दै बिक्री गर्ने गिरोह पक्राउ
काठमाडौं। कलंकीमा ब्रोइलर कुखुराका चल्लालाई मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै बिक्री गर्ने समुह पक्राउ परेको छ । । ब्रोइलर चल्लालाई कालो, रातो लोकल भन्दै कलंकी र काठ क्षेत्रमा महँगोमा विक्री गर्ने भारतीय नागरिकलाई महानगरीय प्रहरी बृत्त कालीमाटीले पक्राउ गरेको हो । सेतो चल्लालाई कालो, रातो रङ्ग लगाउँदै गर्दा काठमाडौं कलंकी एरियाबाट प्रेम सिला देवी जैसवाल, वकिल खान, सुनिता जैसवाल, चन्दा देवी शाहलाई कालिमाटी बृत्तले पक्राउ गरेको हो। तयारी गरेको र रङ्ग लगाउन बाँकी २८ हजार ६ सय ...

भरतपुर महानगरपालिकाद्धारा क्रिकेट रंगशाला निर्माणको लागि ५० लाख रुपैयाँ प्रदान

भरतपुर महानगरपालिकाद्धारा क्रिकेट रंगशाला निर्माणको लागि ५० लाख रुपैयाँ प्रदान
चितवन । भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० लाख रुपैयाँ प्रदान गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई ५० लाख रूपयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । भरतपुर महानगरपालिकाले आन्तरिक श्रोतबाट विनियोजित चार करोडमध्ये पहिलो चरणमा ५० लाख रुपैयाँ प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले जान...