Month: August 2020

आईसाेलेसनबाट श्रीमतीलाई पत्रकारको चीठी

आईसाेलेसनबाट श्रीमतीलाई पत्रकारको चीठी
प्रिय जीवनसंगिनी .....मुटुभरिकाे माया अनि गहिराे सम्झना । छाेरा छाेरी दुवैमा शुभ आशिर्वाद ! आज म घर छाेडेकाे पनि १३ दिन भईसकेछ । यतिका धेरै दिन हाम्राे विवहापछि अहिलेसम्म छाेडेकाे थिईनँ । पत्र नलेखेकाे पनि करिब १२ बर्ष भएछ । लेख्नु पर्ने आवश्यकता पनि कहिल्यै परेन संगै भएपछि । अहिले पनि दिनकाे ४/५ पटकसम्म अडियाे र भिडियाेमा कुरा त भईरहन्छ तर पनि आज किन हाे पत्र लेख्न मन लाग्याे । आईसाेलेसनकाे बसाईकाे सबै दिनकाे मैले दैनिकीकाे रूपमा लेखेकाे छु । सकिएछ भने त्यसल...

कोरोनाले कोहि हेर्दैन

कोरोनाले कोहि हेर्दैन
कोरोनाले गरिब र धनी हेर्दैन ! जिन्सी र नगद भन्दै 'मनि' हेर्दैन !! न हेर्छ कालो यसले न र हेर्छ गोरो ! बलियो , निर्धो र जात पनि हेर्दैन !! फैलिएको छ हावा सरि , कुनै बेला आउन सक्छ ! किन्तु परन्तु आदि ईत्यादी र अनि हेर्दैन !! भोगिएका ग्रह भन्दा भिन्दै ग्रह जस्तो ! कोरोनाले राहु केतु संकटा र शनि हेर्दैन !! टेर्दैन भनेको , न फस्छ मिठा कुरामा ! जिरे भन्दा पिरो छ , यसले कहिल्यै 'हनि' हेर्दैन !! रमेश बस्ताकोटी प्राकृतिक चिकित्सालय , रजहर , नवलपुर

नारायणगढ –बुटवल सडक विस्तार कछुवाको तालमा

नारायणगढ –बुटवल सडक विस्तार  कछुवाको तालमा
 गैँडाकोट । लामो समयदेखि रोकिएको नारायणगढ –बुटवल सडकखण्ड विस्तारको काम अझै सूचारु हुन सकेको छैन । सडक सुचारु नहुँदा यात्रुहरुले हैरानी खेप्नुुपरेको छ । कछुुवाको गतिमा भैरहेको सडक विस्तारको काममा अहिले पूर्णविराम नै लागेको छ । कोरोना भाइरस संक्रमणका कारण चैत ११ गतेदेखि लकडाउन गरिएपछि भर्खरै शुरु भएको सडक विस्तारको काम रोकिएको थियो । नारायणगढ –बुटवल सडक खण्डमा चार लेन सडक निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले डेढ वर्षअघि बुटवलबाट सडक विस्तारको शिलान्यास गर्नुभएको थियो ...

देबचुली १० की ३७ वर्षिय एक महिलामा संक्रमण

देबचुली १० की ३७ वर्षिय एक महिलामा संक्रमण
देवचुली । देवचुली नगरपालिकाकी एक महिलामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।  भरतपुुरमा भएको परिक्षणमा आज देबचुली १० घर भई देबचुली १५ प्रगतिनगरमा ब्यवसाय गरी बस्ने ३७ बर्षकी महिलामा संक्रमण पुष्टि भएको हो । देबचुली नगर स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठका अनुसार केही दिनअघिदेखी ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि उनी स्वास्थ्य चेकजाँचका लागी भरतपुरस्थित सीएमसी पुगेकी थिईन् ।  अहिले उनलाई प्राकृतिक चिकित्सालयको आईशोलेशन राखिएको छ । उनले ब्यवसाय गर्ने प्रगतिनगर बजार ...

 काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना पुष्टि

 काठमाडौंका  मेयर विद्यासुन्दर शाक्यलाई कोरोना  पुष्टि
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।ग्रान्डी अस्पतालमा गरिएको परीक्षणमा शाक्यको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । श्रीमती र आफ्नो जाँच गर्दा आफ्नो मात्र कोरोना रिपोर्ट पोजिटिभ आएको मेयर शाक्यले जानकारी दिनुभयो उहाँले भन्नुभयो – ‘पिसिआर परीक्षण गर्दा मेरो पोजेटिभ देखियो। श्रीमतीको भने नगेटिभ देखिएको छ ।’उहाँले अहिले आफू होम आइसोलेसनमा बसिरेहको र लक्षण भने नभएको बताउनुभयो। उहाँले श्रीमतीलाई ज्वरो देखिएपछि...

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको  निधन
काठमाडौ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार साँझ निधन भएको छ।भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको दिल्लीस्थित आर्मी अस्पतालमा निधन भएको भारतीय सञ्चारसंस्थाहरुले उल्लेख गरेका छन्। आर्मी अस्पतालले सोमबार दिएको जानकारी अनुसार पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था आइतबारदेखि पुनः नाजुक बनेको यसअघि भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका थिए।पूर्व राष्ट्रपति मुखर्जी कोमामा थिए र भेन्टिलेटरको सहायता प्रदान गरिएको थियो। उनको फोक्सोमा संक्रमण भएको थियो।अगस्ट १० मा ...

सोह्रश्राद्धमा सावधानी अपनाउन गैँडाकोट नगरपालिकाको आग्रह

सोह्रश्राद्धमा सावधानी अपनाउन गैँडाकोट नगरपालिकाको आग्रह
गैंडाकोट । गैंडाकोट नगरपालिकाले नजिकिदै गरेको सोह्रश्राद्ध सकेसम्म भर्चुअल माध्यमबाट गर्न आग्रह गरेको छ । कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि नगरपालिकाले सोह्रश्राद्ध गर्दा सावधानी अपनाउन र सकेसम्म अनलाईनको माध्यमबाट गर्न सुुझाएको हो । नगरप्रमुख छत्रराज राज पौडेलद्धारा आज जारी सूचनामा पितृपुजन कार्यमा पुरोहित र यजमानको बसाईको दुरी ३ मिटर कायम गर्न अनुरोध गरिएको छ । हरेक वर्ष आश्विन कृष्ण पितृपक्षमा गरिने महालय श्राद्ध अर्थात पितृपुजन कार्यका लागी कोरोना भाईरसको संभावित सङ्क...

गैँडाकोट विद्युत्तले भन्यो, सकेसम्म अनलाईनबाटै भुत्तानी गर्नु

गैँडाकोट विद्युत्तले भन्यो, सकेसम्म अनलाईनबाटै भुत्तानी गर्नु
गैँडाकोट । नेपाल विद्युत्त प्राधिकरण गैँडाकोट प्रशाखाले विजुलीको भुत्तानीका लागि अनलाईन माध्यमको प्रयोग गर्न सुझाएको छ । जिल्ला प्रशासन कार्यलयले निषेधाज्ञा हटाएसंगै गैंडाकोट प्रशाखाले पनि (बिद्युत महसुल भुक्तानीका लागी मात्र) काउन्टर खुला गरेको भएपनि कोरोना संक्रमणलाई ध्यान दिदै अनलाईन माध्यमबाट शुल्क तिर्न विशेष आग्रह गरेको छ । कार्यालयका प्रमुख सुजन रिजालले सकेसम्म कार्यलयमै पुगेर महशुल भुक्तानी गर्ने ग्रहाकलाई अनिवार्य मास्कको प्रयोग गर्दै भौतिक दुरी कायम गरी महशुल तिर...

चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी

चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी
चितवन । चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी गरिएको छ । विवादका बीच वडा नम्बर ३ को कार्यालय फिस्लिङ सारेपछि असन्तुष्ट स्थानीयवासीले आइतबार साँझ गाउँपालिकाको कार्यालयमा ताला लगाएका हन् ।गाउँसभाले समेत टुङ्गो लगाउन नसकेपछि गाउँपालिकाको कार्यालय भएको भवनमा वडा कार्यालय सञ्चालन हुँदै आएको थियो । सातौँ गाउँसभामा वडा नम्बर ३ को वडा कार्यालय कहाँ राख्ने भन्ने प्रस्तावमा प्रष्ट बहुमत नपुगेपछि चुम्लिङटार र फिस्लिङ कहाँ राख्ने भनेर टुङ्गो लागेको थिएन । वडा कार्यालय फिस...